मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९५ औं जन्मजयन्तीमा सन्त नेता किसुनजीको सम्झना गरिदै



काठ्माण्डौ-

जीवनभर अविवाहित रहेर सादगी जीवन बिताएका र दुई पटक प्रधानमन्त्री भए पनि धेरै सुविधा नलिएका काँग्रेस नेता कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्ती आइतबार मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री भट्टराईको जन्म जयन्तीमा काँग्रेसले विशेष कार्यक्रमहरु गरेर मनाउने गरेको छ ।

यस पटक भने काँग्रेस महासमितिको बैठक चली रहेको र केन्द्र तथा जिल्ला जिल्लाका नेताहरु त्यसमै ब्यस्त भएकोले जारी महासमितिको बैठकमै किसुन्जी प्रती बिषेश सम्झ ना गरिने नेता हरुले ब ताएका छन ।

पञ्चायती तानाशाही शासन व्यवस्था बिरुद्दको आन्दिलनका क्रममा किसुन्जी १४ वर्ष जेल बसेका थिए । उनले नै २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिबद्धताकै कारण उनी लामो समय सम्म नेपालिहरुको सम्झनामा आइनै रहने छन ।

दुई पटकसम्म मुलुकको प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट केवल सुराही, ट्याम्का र छातामात्र लिएर फर्किएका निस्वार्थ नेताको रुपमा उनलाई नेपाल हरुले सम्झी नै रहने छन ।

किसुनजिको राजनैतिक सगै आध्यात्मिक चेतना र अध्यात्म प्रतिको झुकाबको समेत स्मरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  ६ : १७ बजे