काठमाडौं पुस, १०–
कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको जेष्ठताको बरियता सार्वजनिक गरेको छ। मंगलबार मन्त्रालयले प्रशासन समुहतर्फका सह सचिवहरुको बरियताक्रम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको बरियता क्रममा भ्रष्टाचारको आरोप लागेका सह सचिव चूडामणि शर्माको नाम पहिलो नम्बरमा रहेको छ। कर्मचारी समायोजनका लागि जेष्ठतालाई पहिलो आधार बनाइएकाले मन्त्रालयले जेष्ठताको सूचि सार्वजनिक गरेको हो। शर्माले कर फर्छ्योट आयोगमार्फत भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दासमेत दायर भएको छ।
पुस १०, २०७५ मंगलबार
0
Shares