मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी साधन रोक्न नदिएको विरोधमा उत्रिएका यात्रुमाथि प्रहरी हस्तक्षेप



काठमाडौं पुस, १०–
प्रहरीले राजधानीको रत्नपार्क क्षेत्रमा सार्वजनिक यातायातका यात्रुमाथि बल प्रयोग गरेको छ । मंगलबार सवारी साधन रोक्न नदिएको विरोधमा उत्रिएका यात्रुहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो । काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधनमा ‘पिक एण्ड ड्रप’ को नीति अख्तियार गरेपछि यात्रुहरु आक्रोशित बन्दै प्रदर्शनमा उत्रिएका थिए ।
यात्रुहरु विरोधमा उत्रिएलगत्तै प्रहरीले लाठिचार्ज गरी भीडलाई नियन्त्रणमा लिएको छ । यात्रुहरु भृकुटीमण्डप क्षेत्र वरिपरि जम्मा भएर महानगर र ट्राफिक महाशाखाले जाम हटाउने नाममा प्रहरीले दुःख दिने काम गरेको भन्दै सडक छेक्दै प्रदर्शनमा उत्रिएका थिए । यात्रुहरु विरोध प्रदर्शनमा उत्रिएलगत्तै सो क्षेत्रको सवारी आवागमन अस्तव्यस्त भएको थियो ।

अहिले भने प्रहरीको हस्तक्षेपपछि भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमन सहज भैसकेको छ ।

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  १२ : ३० बजे