मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्टले ज्यान लियो



काठमाडौं पुस, ११–
दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागदेर ४५ वर्षीया विष्णा ओडको मृत्यु भएको हो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
करेन्ट लागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

यता नेपाल आइडखल रविकञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थाप्न व्ज्यस्त थिए । खउनी कार्यक्रमको व्यस्तताले घर जान समेत पाएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेता बनेको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना घटेको छ । आमालाई करेन्ट लागेको थाहा पाएपछि रविले चिकित्सकलाई फोन गरेर आफू अस्पताल आइरहेको र जसरी पनि आमालाई बचाइदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ५ : ३२ बजे