मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु



काठमाडौं पुस, ११–
भारतीय सेनामा कार्यरत दुई नेपाली मारिएका छन् । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाको सुवेदार पदमा कार्यरत रुपन्देहीको तिलोत्तमा–९, तुलसीपुरका गमरबहादुर थापा र रमन थापाको भारतको मृत्यु भएको हो । भारतीय सेनाले जनाए अनुसार कुपवाडा जिल्लामा परेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २÷८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् । त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् । भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ७ : ५२ बजे