मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा हरियाली छाउदा लगानिकर्ता खुसी



काठमाडौं पुुस, ११–
आज नेप्से पुरै हरियो भएको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा सबैको सुचक बढ्दा नेप्से पुरै हरियो भएको छ । नेप्से सुचक भने आज ३० दशमलव २६ अंकले बढेर १२ सय १६ दशमलव २७ अंकमा पुुग्दा सेन्सिटिभ छ दशमलव ४१ अंकले बढेर दुुई सय ५८ दशमलव ८२ अंकमा पुुगेको छ । आज एक सय ७३ कम्पनीहरुको सात हजार पाँच सय ८७ वटा कारोबारमा १९ लाख एक सय तीन कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ६९ करोड २६ लाख २३ हजार सात सय ४६ रुपैयाँ पुुगेको छ ।
आज ११ वटै समुहको कारोबार भएकोमा वाणिज्य बैंक समुहको सुचक १८ दशमलव ५४ अंकले बढेर एक हजार ५४ दशमलव ४८ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम ३२ करोड २८ लाख ५४ हजार रुपैयाँ पुुगेको छ । यसैगरी बिकास बैंक समुहको सुचक पनि २० दशमलव ६९ अंकले बढेर १४ सय ९० दशमलव ५४ अंकमा पुुगेको छ भने कारोबार रकम नौ करोड ५४ लाख ५५ हजार रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि आज दुुई सय ४५ दशमलव छ अंकले बढेर पाँच हजार आठ सय ४४ दशमलव ८२ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम २२ करोड ३६ लाख २६ हजार रुपैयाँ पुुगेको छ । जलबिद्युुत, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेर हरियो भएका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नागरिक लगानी कोष, विशाल बजार कम्पनी आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा गण्डकी बिकास बैंक, छ्याङदी हाईड्रो पावर कम्पनी आदि परेका छन् । रकम कारोबारका आधारमा भने आज नेपाल बैंक, प्रभुु बैक लगायतका कम्पनीहरु अगाडि देखिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  १० : ०३ बजे