मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा सिमेन्टको भवनमा आगलागी



घोराही पुस, १२–
दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिको नयाँ निर्माणाधीन भवनमा आगलागी भएको छ । घोरही उपमहानगरपालीका ३ गोग्लीस्थित निर्माणाधीन सीएसपी भवनको ३५ मिटर माथी बिजुलीको तारसट भई आगलागी भएको दाङ प्रहरीले जनाएको छ । बिहीबार बिहान भएको आगलागी नियन्त्रणमा लिन प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरको कमाण्डमा १५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ थियो ।
प्रहरीका साथै स्थानीय र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै पनि मानबीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उक्त भवन बनाउन प्रयोग हुने पलाई ५ वटा, वल्डिङ मेसिन ५ वटा, अन्य ग्रिल मेसिन र ३ वटा ग्याँस सिलिन्डर समेत जलेर नोक्सानी भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ५ : ५६ बजे