मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसमा सिटौलाको दुई प्रस्तावः अर्ली महाधिवेशन या चैतभित्र पार्टीका सबै तहमा नयाँ संरचना, के गर्ला नेतृत्वले ?



काठमाडौं पुस, १२–
भर्खरै महासमिति बैठक सम्पन्न गरेको नेपाली कांग्रेसमा फेरि अर्ली महाधिवेशनको चर्चा सुरु भएको छ । नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अर्ली महाधिवेशनको चर्चा सुरु गरेका हुन् । नेता सिटौलाले जेठभित्र अर्ली महाधिवेशन गर्न आग्रह समेत गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेता सिटौलाले यदि जेठभित्र अर्ली महाधिवेशन गर्न नेतृत्व तयार हुनुपर्ने बताएका हुन् । उनले त्यसो हुननसके चैत्रभित्र संकमणकालीन व्यवस्था अनुसार सबै तहमा नयाँ संरचना बनाउन माग गरेका छन् ।
महासमिति बैठकले केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित हुनुपर्ने माग गरेको भन्दै सिटौलाले महासमितिको सुझावलाई समेटेर केन्द्रीय समितिले विधान पारित गर्ने बताए । नयाँ विधान संघीय संरचना अनुसार बनाइएको दावी गर्दै सिटौलाले विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको जानकारी दिए ।

पुरानो अनुभवको आधारमा सभापतिले पदाधिकारी मनोनयन गर्न नसकेको कारण निर्वाचित हुने व्यवस्था गरिएको उनको भनाइ छ ।

सबै पदाधिकारी निर्वाचित हुनुपर्दा चाकडी, चाप्लुसी र पैसाको प्रभाव कम हुने विश्वाससमेत नेता सिटौलाले गरेका छन् ।

महासमिति वैठकको उपलब्धीको रुपमा संघीय संरचनाको विधान आएको उनले बताए । उनले महासमिति अव्यवस्थापन बीचको व्यवस्थापनको नतिजा हो भनेका छन् ।

पछिल्लो समय कांग्रेसले खेलेको भूमिकालाई लिएर नेता सिटौलाले भने, ‘सत्ता निरंकुश बन्दै जांदा कांग्रेसको विपक्षी भुमिका संसद र सडकमा कमजोर भयो ।’

उनले काँग्रेस चुप लागेर बस्न नहुने भन्दै सरकारका गलत कामको भण्डाफोर गर्न तयार हुन पनि सबै काँग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेता सिटौलाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिले लोकतन्त्रको सीमा नाघेको टिप्पणीसमेत गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७५, बिहिबार  ६ : ४३ बजे