आज काठमाडौं लगायत देशैभर अत्याधिक चिसो, हुम्लाको तापक्रम माइनस १३ डिग्री



काठमाडौं पुस, १३–
आज बिहानको तापक्रम यो बर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्रीमा झरेको छ । यसअघि बुधबार १ दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको न्यूनतम तापक्रम बिहीबार भने बढेर तापक्रम ५ दशमलव ५ डिग्री पुगेको थियो । यस्तै, डडेलधुराको तापक्रम पनि माइनसमा पुगेको छ ।

शुक्रबार बिहान हुम्लामा हिमपात भएपछि सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १ दशमलव ३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

जुम्लाको तापक्रम भने बढेको छ । बिहीबार जुम्लाको तापक्रम माइनस ६ दशमलव २ डिग्री मापन गरिएको छ । बुधबार भने जुम्लाको तापक्रम माइनस ८ डिग्री पुगेको थियो ।

प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार  १ : २५ बजे