मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालाजुमा टिपर पल्टिदा एकजनाको ज्यान गयो



काठमाडौं पुस, १३–
बालाजु बाइपासमा टिपर पल्टिँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान टिपर पल्टिँदा २ जना घाइते भएका छन् भने ४ वटा ट्याक्सीमा क्षति पुगेको छ । माटो बोकेर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ जाँदै गरेको ना७ख ७००५ नम्बरको टिपरले थिचेर ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो ।

टिपरले थिचेर घाइते बिसंखेलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । महानगरीय ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका अनुसार, घाइते बिसंखेको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा बिसंखेको श्रीमती सान्नानी र नुवाकोट ककनी–५ का प्रज्ञारत्न लामा घाइते भएका छन् । प्रहरीका अनुसार बिसंखेको त्रिवि शिक्षण र लामाको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७५, शुक्रबार  ५ : १७ बजे