देशै भरिका उच्च भूभागमा भारी हिमपात, हिउँ खेल्नेहरुको चहलपहलले होटल व्यवसायी खुसी



१४ पुस, चरिकोट ।

दोलखा जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा भारी हिमपात भएकोछ ।  बर्षा सगै भएको हिमपातका कारण  कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको उच्च भागमा बसोबास गर्दै आएका तथा भूकम्पका कारण घर क्षति भई अस्थायी बसोबास गर्दै आएकाको जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै हिउँ खेल्न आन्तरिक पर्यटकको चहलपहलसमेत बढेको छ ।

तेस्तै शुक्रबार दिउँसो ताप्लेजुङको सुकेटार क्षेत्रमा पनि हिमपात भएको छ। सुकेटार बजार भन्दा तलको गाउँ बुङकुलुङ, गढीडाँडासम्म हिउँ परेको छ। बुङकुलुङ र गढीडाँडामा भने २५ वर्षपछि हिउँ परेको स्थानीयहरुले बताएका छन ।

सुकेटार क्षेत्रमा हिउँमा रमाउनेको भीड लागेको छ। जिल्लाका बिभिन्न ठाउहरुबाट हिउँ खेल्न युवा युवती र व्यावसायी सुकेटार पुगेका छन्। प्रसिद्ध तिर्थस्थल पाथीभरा, काफ्लेपाटि र ठूलोफेदिमा समेत २ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

तेस्तै धनकुटा सदरमुकाममाथिको हिले डाँडामा २०५७ सालयता पहिल्लो पटक हिउँ परेको स्थानियबासिहरुले बताएका छन । । हिउँ पर्न छाडेर तुषारो मात्रै लाग्ने गरेका डाँडा पनि झण्डै दुई दशकयता पहिलो पटक हिउँले ढाकिएका हुन् ।

देशै भरी भएको हिमपातका कारण चिसो बढ्दा जनजिबन प्रभाबित भए पनि हिउमा खेल्ने युबा युबती लगायत हिउ प्रेमिहरुको जमात बढेकाले स्थानिय होटेल तथा पर्यटन ब्यबसायिहरु भने खुशी भएका छन ।

काठ्माण्डौबाट समेत नजिकै पर्ने भएकोले दोलखको कालिञ्चोक र कुरीबजारमा अहिले हजारौँको सङ्ख्यामा हिउँ खेल्न पर्यटक पुगेका र दोलखाको कुरी लगायत ठाउहरुका सबै होटल भरिएको होटल सञ्चालकहरुले बताएका छन ।

प्रकाशित मिति : पुस १४, २०७५ शनिबार  ११ : २० बजे