काठेपुल तर्न पनि कर तिर्नुपर्ने



धनगढी पुस, १५ –
जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ ।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  १ : १५ बजे