मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 काठमाडौंमा अत्याधिक चिसो, न्युनतम तापक्रम १ डिग्री सेल्सियस



काठमाडौं पुस, १५–
काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । उक्त तापक्रम जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान मापन गरेको जनाएको छ । अहिले काठमाडौँ उपत्यकाका धेरै ठाउँमा कुहिरो लागेको छ ।

तापक्रम घटेकाले चिसो बढेको र कुहिरो पनि लागेको महाशाखाले जनाएको छ । आकाश खुलेपनि चिसो बढेकाले कुहिरो लागेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।दिउँसो भने मौसम सफा हुने उनको भनाइ छ । पूर्व र मध्यका केही हिमाली भेगमा हिमपातको सम्भावना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  २ : ५७ बजे