काठमाडौंं पुस, १५–
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मलाको हत्यारा पत्ता लगाउने वचन दिएका हुन् । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले यस्तो वचनवद्धता दिएका हुन् । नेकपाका नेता योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राखेका हुन् , उनले आवश्यक प¥यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँउने बताएका हुन् ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वालिका निर्मला पन्तका हत्याराहरु पत्ता लगाउन अहिलेसम्म नेपाल प्रहरी असक्षम ठहरिएको छ । प्रहरीले दोषी पत्ता लगाउन नसक्दा सरकारले शान्ति सुरक्षा प्रत्याभूत गर्न नसकेको भन्दै सरकारमाथि जनस्तरबाट आलोचना भइरहेको छ ।
नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिए ।