मालपोतका हाकिमले कार्यालय भित्रै कुखुरा पाल्न थाले



रामेछाप पुस, १६–
मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुस १६, २०७५ सोमबार  २ : ०८ बजे