मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो देखियो माइतीघरमा ‘टोपी दिवस’



काठमाडौं पुस, १७–
आज ‘टोपी दिवस’ मनाइदैँछ । मंगलबार नेपाली युवायुवती तथा प्रौढहरु माइतीघरमा भेला भएर माइतीघरमा भेला भएर ‘टोपी दिवस’ मनाएका हुन् । गएको ६ बर्षदेखि इस्वी सम्वतको नयाँ वर्षको अवसर पारेर औपचारिक रुपमै ‘टोपी दिवस’ मनाउन थालिएको हो । ‘टोपी दिवस’ कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटोपी लगाएका छन् ।
विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।
यही क्रममा मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गरेका हु्न् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  ५ : ४२ बजे