काठमाडौ पुुस, १७–
नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से एक दशमलव ३६ अंकले घटेर ११ सय ८५ दशमलव ९१ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव ३३ अंकले घटेर दुुई सय ५१ दशमलव ८३ अंकमा पुुगेको छ । आज एक सय ५६ कम्पनीहरुको तीन हजार पाँच सय ९७ वटा कारोबारमा छ लाख ८९ हजार सात सय २० कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम २२ करोड ८५ लाख ४३ हजार चार सय १५ रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको कारोबार हुँदा निर्जिवन बीमा, लघुबित्त र जीवन बीमा समुहको सुचक बढेका छन् बाँकी छ वटा समुहको सुचक घटेका छन् । वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव १३ अंकले घटेर एक हजार २४ दशमलव २७ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम नौ करोड ९८ लाख ६९ हजार पाँच सय रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि एक दशमलव ४५ अंकले घटेर १४ सय ६४ दशमलव १९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम पाँच करोड आठ लाख १७ हजार आठ सय रुपैयाँ पुुगेको छ । जलबिद्युुत, होटल, फाईनान्स र अन्य समुहको कारोवार सुचक पनि उच्च अंकले घटेका छन् ।
कमाउने कम्पनीहरुको सुचीमा कालिका लघुुबित्त बित्तीय संंस्था आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा साँग्रिला डेभलपमेन्ट बैक, कालिका पावर कम्पनी आदि परेका छन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) आदि परेका छन् ।
१७ पुस २०७५, मंगलबार
0
Shares