मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसोले गर्दा हुम्लाका सबै विद्यालय बन्द



हुम्ला पुस, १८–
सोमबारदेखि हुम्लाका निजी तथा सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण सबै विद्यालय विद्यालय ४५ दिनका लागि बन्द गरिएको हो ।
सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनि बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको जिल्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जनाएको छ ।

आगामी फागुन १ गतेसम्म हुम्लाका सबै विद्यालय बन्द रहने छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  ५ : १२ बजे