काठमाडौं पुस, १८–
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमको नयाँ पेट्रोल र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले घटेको हो । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ।