मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्षको ९ महिना हिउले ढाकिने एउटा सम्पन्न र विश्वको सबैभन्दा चिसो सहरको कथा



काठ्माण्डौ-
एजेन्सि-

रुसको साइबेरियास्थित नोरिल्स्क नामको एउटा सहर छ । उक्त सहर विश्वकै सबैभन्दा चिसो सहर हो । ठण्डी याममा उक्त सहरको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म तल र्झदछ । जबकी त्यहाँको वाषिर्क औषत तापक्रम चाहीँ माइनस १० डिग्री सेल्सियस रहने गरेको छ ।

उक्त सहरमा वर्षको ९ महिना हिउँ जमिरहन्छ भने त्यसबेला हरेक तिन दिनमा हिमतुफान आउँछ ।

डिसेम्बर देखि जनवरी सम्म त यहाँ सूर्य नै देखिँदैन । सूर्य नै नदेखिने हुनाले दुई महिनासम्म त्यहाँ अँध्यारो छाउँदछ ।

सहरमा विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार रहेको र त्यसको उत्खनन र प्रशोधन गरिने हुनाले  यो सहर विश्वको सबैभन्दा प्रदुषित सहर पनि हो । किनकी यहाँ ठूलो परिमाणमा खानी तथा प्रशोधनको काम हुन्छ । जसबाट ठूलो मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्किरहन्छ ।

्यो शाहरको कथा यत्तिमै सकिदैन यो शाहर रहेको साइबेरिया क्षेत्र पुरानो रुशी राजनितीसग पनि जोडिन्छ ।

कम्युनिष्ट नेता लेनिन को नेतृत्वमा रुशमा कम्युनिष्ट साम्यबादी शाषन स्थापना भयपछी कम्युनिष्ट शाषनको बिरोध गर्नेहरुलाई साइबेरियाको श्रम शिबिरमा पठाउने गरिन्थ्यो ।लेनिन र त्यस पछिका कम्युनिष्ट शाषकहरुले कम्युनिष्ट सत्ता र पार्टिभित्रका आफ्ना बिरोधीहरु समेतलाई साइबेरियाको श्रम शिबिरमा पठाउने गरेका थिय ।

पर्याप्त खानाको अभाब्, अत्यन्तै चिसो,असुरक्षित जिबन र कडा श्रम सहितको श्रम शिबिरमा राखिनेहरुको जिबन क्रमष: साइबेरियाको हिउ सगै बिलिन हुन पुग्थ्यो ।

सन्सारभर साइबेरियालाई त्यतिबेला यातना शिबिरको रुपमा समेत बुझ्ने गरिन्थ्यो, त्यतिबेलाको कम्युनिष्टहरुको श्रम शिबिरलाई गैह्र कम्युनिष्टहरुले यातना शिबिर भन्ने गर्थे । साच्चिकै श्रम शिबिरहरु कुनै यातना गृहा भन्दा कम हुँदैनथे ।

रोचक त के भने हाल यो सहर रुसको सबैभन्दा धनी सहर हो । यो सहरमा रहेको विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार र त्यससग सम्बन्धित उधोगहरु तिनै हिजो शिबिरमा राखेर श्रमिक बनाइएकाहरुको पसिना र जिबनको अन्त्य सगै शुरु भएका हुन ।

यसरि आजको यो चिसो र सम्पन्न शाहरको कथा पहिलेको रुशी कम्युनिष्ट शाषनको दुखान्त सग समेत जोडिएको छ ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ७ : २८ बजे