मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आकस्मिक पत्रकार सम्मेलनमार्फत राजीनामा दिने पर्यटनमन्त्री अधिकारीको तयारी



काठमाडौं पुस, २३–
वाइडबडी विमान खरिद प्रकरणमा विवादित पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । संसदीय उपसमितिले विमान खरिद प्रकरणमा मन्त्री अधिकारीलाई संलग्नता रहेको प्रतिवेदन बाहिर आएपछि उनले आकास्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका विषयमा सोमबार जानकारी दिने गरी मन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका पर्यटन मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने पर्यटनमन्त्रीले राजीनामा दिने समेत तयारी गरेका छन् । सोमबार सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारलाई हटाउन सिफरिस गर्ने तथा मन्त्री अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गर्ने तयारी रहेकाले त्यसअघि नै मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेको स्रोतको दावी छ । मन्त्री अधिकारीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटक पटक छलफल गरिसकेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  १ : ४० बजे