मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक लेखा समितिको सिफारिसः पर्यटनमन्त्री अधिकारीसहित दुई पूर्वमन्त्रीलाई कारबाही गर



काठमाडौं पुस, २३–
सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिले गृहसचिव प्रेम राईले भने क्लिन चिट दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा उपससमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । जसमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्यौट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ विपरीत हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा’ वहालवाला र पूर्वमन्त्रीले नैतिक जिम्मेवारी मात्र लिनुपर्ने उल्लेख रहेको थियो ।

यद्यपि, उपसमितिका संयोजक र सदस्यहरुले संशोधित प्रतिवेदनमा आपत्ति जनाएका छन् । उपसमितिका सदस्य प्रदीप यादव, चन्दा चौधरी लगायतले मन्त्रीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस नगरे फरक मत राख्ने अडान लिएका थिए ।
लगतै सभापतिले प्रतिवेदन पास गर्न प्रस्ताव गरे । सभापति भरतकुमार शाहका अनुसार तीन मन्त्रीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।
संशोधित प्रतिवेदनमा तत्कालीन पर्यटनसचिव एवं वर्तमान गृहसचिव प्रेम राईले क्लिन चिट दिइएको छ ।

वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले दिएको कागजपत्रका आधारमा राईलाई कारबाही सिफारिस गरिएको भएपनि राईको वायुसेवा बोर्डको अध्यक्ष भएको बेला निगमको विनियमावलीको दफा २३६ (१) (ख) अनुसार विमान खरिद अगाडि बढाउन उपसमिति मात्र बनाएको र बोलपत्र तयार हुँदा उनी पदमा नरहेको भन्दै दोषी मान्न नसकिने संशोधित प्रतिवेनमा उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  ७ : २७ बजे