काठमाडौं पुस, २४–
मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाकी लागि नेपाली राजदूत लक्की शेर्पालाई पदमुक्त भएकी छिन् । सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले पदीय मर्यादा विपरितको गतिविधि गरेको गुनासो आएपछि सुरुमा स्पष्टिकरण सोधेको थियो भने त्यसपछि छानबिन समिति नै गठन गरेको थियो ।
छानबिन समितिले उनलाई दोषी देखाउँदै बर्खास्त गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो ।
तत्कालीन माओवादीको कोटामा राजदूत बनेकी शेर्पाको बिषयमा उतिबेला उनको नियुक्तिलाई लिएर पार्टीभित्रै असन्तुष्टि सार्वजनिक भएको थियो ।