मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले डा. केसीसँगको सम्झौता कार्यान्वयन गरेन, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित



काठमाडौं पुस, २५–
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए । त्यस्तै विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएका थिए । विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।

प्रतिवेदन पारित भएपछि समिति सदस्य तथा कांग्रेस सांसद गगन थापाले भने ‘सरकारले सहमति पालना गर्न नसक्ने भए किन केसीसँग सम्झौता गरेको ? सरकारले केसीसँगको सम्झौता कार्यान्वयन गरेन।’
यो विधेयक पारित भएसँगै सरकार र प्राध्यापक डा. गोविन्द केसीबीचको सम्झौता कार्यान्वयन हुने न्यून सम्भावना छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफलक्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न नसकिने बताएका थिए । उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेस गरिएको थियो ।
यसअघि उपसमितिको प्रतिवेदनप्रति असहमति जनाउदै डा. गोविन्द केसीले अनसन बस्ने घोषणा गरेका थिए । तर, समिति सभापति घर्तीले संशोधन गर्न सकिने भन्दै केही दिन समय मागेपछि उनले आजसम्म अनसन स्थगन गरेका थिए । डा. केसी अनसनका लागि इलाम पुगिसेका छन् । विधेयक पारित भएपछि डा. केसीको प्रतिक्रिया के आउछ र उनी के गर्छन हेर्न बाँकी छ ।

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार  ७ : १३ बजे