आज पनि बढ्यो नेप्से



काठमाडौं पुस, २६–
आज बिहिबार पनि नेप्से बढेको छ । नेप्सेमा आज ११ वटा समुहको कारोबार भएकोमा गुमाउने भन्दा कमाउने धेरै देखिएका छन् । नेप्से आज एक दशमलव ४८ अंकले बढेर ११ सय ८० दशमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दशमलव ३९ अंकले बढेर दुई सय ५० दशमलव ६५ अंकमा पुगेको छ । आज एक सय ६३ कम्पनीहरुको तीन हजार आठ सय ७२ वटा कारोबारमा १३ लाख ८७ हजार पाँच सय ९२ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३६ करोड ६३ लाख २४ हजार एक सय ६४ रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका मध्ये चार वटा समुहले गुमाउँदा सात वटा समुहले कमाएका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव ५८ अंकले बढेर एक हजार १७ दशमलव १७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक २२ दशमलव १७ अंकले बढेर पाँच हजार छ सय ७७ दशमलव  ७१ अंकमा पुगेको छ । लघुबित्त, ट्रडिङ, फाईनान्स, अन्य र जीवन बीमा पनि आज कमाउने समुहमा परेका छन् । गुमाउने समुहमा भने आज बिकास बैंक, जलबिद्युत, होटल र उत्पादनमुलक समुह परेका छन् ।
कमाउने कम्पनीहरुमा आज सानिमा ईक्विटी फण्ड, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेका छन् भने गुमाउने कम्पनीहरुको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, पुर्णिमा बिकास बैंक आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने आज नेपाल बैंक लिमिटेड, एनएमबि बैंक आदि परेका छन् ।

प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार  १० : ०४ बजे