काठमाडौं पुस, २७–
१६ औं अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ । बुधबारदेखि इलाममा अनशन सुरु गरेका डा. केसीको शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले बिहीबार राति केसीको चेकजाँच गरेका छन् ।
डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप कम भएको र लक्षण हेर्दा सुगर कमी भएको अनुमान गरेका छन् । यद्यपि, डा केसी ले सुगर चेक गर्न दिएनन् ।