मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पृथ्वी जयन्ती देशैभर मनाईंदैँ, पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण



काठमाडौं पुस, २७–
आज २९७ औं पृथ्वी जयन्ती देशैभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली समेत निकालिएको छ । राष्ट्रपति विद्या भण्डारीलाई पृथ्वीनारायणको शालिक अगाडि नेपाली सेनाले सलामी समेत अर्पण गर्‍यो ।

त्यस्तै, राष्ट्रपति भण्डारीले सिंहदरबारको मूलगेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

र्‍यालीमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गांगा उप्रेतीलगायत सहभागी भएका थिए । समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायतका नेताहरु पनि सहभागी थिए ।

समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तीको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिएको हो ।
यद्यपि, सरकारले पृथ्वी जयन्तीको दिन दिँदै आएको विदा भने कटौती गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  ८ : १९ बजे