मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकार भ्रष्टचारमा लिप्त : कांग्रेस नेता प्रकाशमान सिंह



धनगढी पुस, २७–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका छन् । शुक्रबार प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारे संसदीय समितिमा छलफल हुन नपाउँदै छानबिन गर्न छुट्टै समिति गठन गर्नुले सरकारको नियत प्रष्ट भैसकेको बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सरकार कुरा सुशासनको गर्छ तर भ्रष्टाचारमा लिप्त हुन्छ । भ्रस्टाचारलाई प्रश्रय दिइरहेको छ ।’ नेता सिंहले वाइडबडी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा संसदको क्षेत्राधिकारलाई नाघेर छुट्टै उच्चस्तरीय आयोग गठन गरिएको भन्दै आपत्ती जनाए ।
वाइडबडीबारे छानबिन गर्न संसदको लेखा समितिले कांग्रेस नेता राजेन्द्र केसीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्र देवलाई समेत कारबाही गर्न सिफारिस गरेको थियो । यो प्रतिवेदनमा भएका विषयहरु लेखा समितिमा पेश हुनु अगाडि नै लिक भएको थियो र, सरकारले छुट्टै उच्चस्तरीय आयोग गठन गरेको छ ।
फरक प्रसंगमा पार्टीका पूर्वमहममन्त्री समेत रहेका सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट कुनै पनि नयाँ आशा गर्न नसकिने बताए । उनले भने, ‘समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न सकिदैन, फेरि अहिलेको कार्यसमितिको म्याद थप्ने पक्षमा म छैन ।’
नेता सिंहले अब स्ववियु चुनावसमेत गर्न सक्ने कमिटी बनाउनु पर्ने तर्क गरे ।

प्रकाशित मिति : २७ पुस २०७५, शुक्रबार  ८ : ३९ बजे