मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीद्वारा आफ्नै कार्यकक्षमा सचिवमाथि कुटपिट



जनकपुर पुस, २९–
प्रदेश २ का एक मन्त्रीले आफ्नै कार्यकक्षमा सचिवलाई झापड हानेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई आफ्नै कार्यकक्षमै बोलाएर झापड हानेका हुन् ।
आइतबार मन्त्री यादवले आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्। सचिव झाले मन्त्री यादवले आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड होनेकोख बताए । सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भए पनि सचिव झाले निक्कै कुटाइ खाएको देखिन्छ । मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  १० : ३९ बजे