मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको मुटुको गति अनियमित, स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना



काठमाडौं पुस, ३०–
स्वास्थ्यमा समस्यामा देखिएपछि अनसनरत डा.गोविन्द केसीलाई अस्पताल लगिएको छ ।
सोमबार बिहान डा. कसीको मुटुको गति अनियमित भएर स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई इलाम अस्पतालमा लगिएको हो ।

डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने भएकाले अस्पताल लगिएको चिकित्सक रामकृष्ण आचार्यले जानकारी गराए । उनका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको तथा टन्सिलले घाँटी सुन्निएको छ ।
आइतबार नै गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन् ।

डा. केसी गत पुस २५ गतेदेखि इलाममा १६ औं पटक आमरण अनसनमा बसेका छन् । उनले सरकारले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेको प्रतिवेदन आफूसँगको सम्झौता विपरित भएको बताउदै आएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७५, सोमबार  ५ : १३ बजे