मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाइडवडी खरिदबारे पर्यटनमन्त्री अधिकारी फेरि झुटो बोले



काठमाडौं माघ, १–
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

गत साता मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए । यथार्थमा सम्पूर्ण भुक्तानी भइसकेर दुई वटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो ।

‘मैले जिम्मेवारी सम्हानुअघि २०७४ मंसिर ७ गते सर्वोच्च अदालतबाट वाइडवडी खरिद सम्बन्धमा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारभित्र रही आफ्नो व्यापारिक उद्देश्य पूरा गर्न गरिएको र त्यसमा कुनै कानुनी त्रुटी भए/गरेको नपाइँदा निवेदनको मागबमोजिम आदेश जारी गर्न मिलेन भनी फैसला भएको थियो, पत्रकार सम्मेलनमा अधिकारले भने ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  २ : २७ बजे