बिबाहको सिजन शुरु हुन लाग्दा सुनको भाउ लगातार बढ्दै, पाँच वर्षयताकै उच्च



काठमाडौं ।

बजारमा सुनको भाउ आकासिने क्रम जारी छ । मंगलबार सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । यो भाउ पाँच वर्षयताकै उच्च हो । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो ।

एकै दिन तोलामा ४ सय रुपैयाँ वृद्धि भएरा सुन आज तोलाको ६१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार  अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको हो ।
केही समयदेखि अमेरिकाको अर्थतन्त्रका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगे र यसैले गर्दा यसको भाउ उच्च हुँदै गएको महासंघले जनाएको छ ।

जे सुकै कारणले मुल्य बढे पनि बिबाहाको सिजन शुरु हुनै लाग्दा सुनमा भएको मुल्यबृद्दिले उपभोक्ता भने मारमा पर्ने भएका छन। महासंघले भने  बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका नहुने जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ८ : ३८ बजे