अध्यक्ष र महाप्रबन्धकका कारण नेपाल टेलिभिजनमा भद्रगोल, टेलिभिजनलाई एचडी बनाउने नाममा यस्तो चलखेल



काठमाडौं माघ, १– नेपाल टेलिभिजन एक पछि अर्को गर्दै भद्रगोल अबस्थामा पुगेको छ  । जनताको करबाट संचालित टेलिभिजनलाई त्यहाको व्यवस्थापनले दुहुनो गाई बनाएको छ ।
निजी टेलिभिजनहरु  बिना हल्ला एचडीमा गएको  निकै लामो समयपछि सरकारले दिएको करोडौं रकम खर्च गरेर एचडीमा जान लागेको बहनामा नेपाल टेलिभिजनको नेतृत्वले आफनो जीबन भरका लागि  कमाउने धन्दाको रुपमा बिकास गर्ने गरी योजना बनाएको स्वयं टेलिभिजनका कर्मचारीहरुले बताएका छन् । एचडीको लागि प्राबिधिकहरुले काम गर्नुपर्ने भन्दै   बिगत एक महिना देखि साझ बिहान भोजभतेर समेत चल्ने गरेको छ । काम गर्ने प्राबिधिक कर्मचारीहरु तर साझ बिहान भोजभेतेर अध्यक्ष , महाप्रबन्धकदेखि सबै तहका कर्मचारीहरु भोजभतेरमा सहभागी हुने गरेका छन् ।
हुन त जनतासँग प्रधानमन्त्री कार्यक्रम संचालन गर्ने दिन बुधबार पनि साझ सबैलाई दरिलो खाजा प्याकेट , फुटकेक खुवाउने गरिन्छ । प्रधानमन्त्रीको कार्यक्रम गर्ने दिन झण्डै एक सय जनाको भोज चल्ने गर्छ ।  टेलिभिजनमा बिगत बर्षको तुलनामा नेपाल टेलिभिजनको  बर्तमान नेतृत्व आएपछि भण्डै चार करोड आम्दानी घटेको लेखा शाखाले  जनाएको छ ।  आम्दानी घटने तर खर्च बढाउने काम तिब्र्र रुपमा भएकोमा टेलिभिजन कर्मचारी युनियनले ब्यबस्थापनको ध्यानाकर्षण गराएको बताइएको छ । साथै  टेलिभिजनमा भएका कर्मचारीहरुलाई काम लगाउन असक्षम  वर्तमान ब्यबस्थापनले  एचडीमा जाने बहाना बनाएर ६ करोड २२ भन्दा बढी टेलिभिजनलाई थप ब्यबहार पर्ने गरी  १ सय ३० जना दरबन्दी थप गर्नका लागि प्रस्ताव संचार मन्त्रालयमा पठाएको छ ।
बिगत बर्षको तुलनामा बितेको चार महिनामा मात्रै चार  करोड कम आम्दानी भएको अबस्थालाई कुनै बिचार नै बिना योजना  दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । कुनै संगठनमा काम नगरेपनि सँधै पदको भोका मानिने  कार्यकारी अध्यक्ष महेन्द्र बिष्ट मन्त्री गोकुल बास्कोटालाई एचडीमा जान पर्ने भएको बेतुकको निहु बनाएर कुनै पनि हालतमा दरबन्दी स्वकृतिका लागि   ब्यापक पहल गरिदिन भन्दै दिनदिनै मन्त्रालय धाउन थालेको मन्त्रालय स्रोतले बताएको छ  ।
टेलिभिजनमा हाल रहेको जनशक्ति मध्ये ४० भन्दा बढी  प्रतिशतले काम नै गर्देनन् र त्यो कुरा अध्यक्ष बिष्ट , महाप्रबन्धक गोविन्द रोकालाई थाहा नभएको होइन तर, थाहा नभएजस्तो गर्छन् । तिनीलाई उनीहरुले काम लगाउन सक्दैनन् । दुर्भाग्य काम नगरी राजनीति गरेर हिडने र समाचार महाशाखामा धेरै जुनियर रहेकालाई पनि सिनियरकै दाजोमा  बढुवा गर्ने गरी दरबन्दी माग गर्ने निर्णय गरेर टेलिभिजनले संस्थालाई थप कमजोर बनाउने निर्णय  गरेको छ ।
दरबन्दी थप गर्नका लागि नायब महाप्रबन्धक बिष्णुराम न्यौपानेको नेतृत्वमा एक उपसमिति बनाइएको र सो उपसमितिले  लामो समय अध्ययन गरेर प्रतिवेदन संचालक समिति समक्ष पेश गरेका थियो ।  सो समितिले समाचार महाशाखामा पनि  बैज्ञानिक ढंगले ९ तह , ८ तह ६ तह ५ तहमा आबश्यकता अनुसार दरबन्दी  थप गरेको र अन्य महाशाखामा पनि दरबन्दी थप गरी  सिफारिश गरेको थियो  । तर, समाचार महाशाखामा बिना आधार, बिना अध्ययन काम नै नगरी समय बिताउनेहरुलाई   खुशी पार्ने गरी अध्यक्ष बिष्ट र महाप्रबन्धक रोक्का सहितको उच्च नेतृत्वले निर्णय गरेको छ ।
उपसमितिले ८ तहमा एक जना दरबन्दी थप गर्न बैज्ञानिक र आबश्यकता पनि त्यत्तिमात्र भएको प्रस्ताब गरेको तर संचालक समितिले बिना अध्ययन , उपसमितिको सिफारिशलाई लत्याउदै ८ तहमा मात्रै ७ जना थप गर्ने  निर्णय  गरेको छ । यसै पनि माथिल्लो पदमा पुगेपछि काम नगरी हल्लिने प्रबृत्ति टेलिभिजनमा क्यान्सर रोग जस्तै रहेको छ त्यहि प्रबृत्तिलाई थप सस्थागत गर्ने गरी एउटै महाशाखाखा संगठनको पिरामिडलाई समेत च्यातचुत गरी माथिल्लो पद थप गर्ने दुर्भाग्यपुर्ण काम भएको भन्दै स्वंय कर्मचारीहरुले बिरोध गरेका छन् ।
चार , पाच बर्ष सिनियर पत्रकार ,कर्मचारी र चार पाच बर्ष जुनियर पत्रकार कर्मचारीलाई एक साथ बढुवा गर्ने र सधै तिनै हिजो देखि हाली मुहाली गरेकाहरुलाई जिम्मेबारी दिने र सिनियरहरुलाई हतोत्साहित बनाउने उद्देश्यका साथ समाचार महाशाखा भित्र  तीन महिना अध्ययन गरेर  सिफारिश गरेको उपसमितिको प्रतिबेदन बिपरित टेलिभिजनको नेतृत्वले सस्थालाई चरम गुटबन्दी र छाडा प्रबृत्तिको बिकास गर्ने निर्णय गरेको छ ।
काम गर्नेले गरिरहने  तर, काम नगर्नेले सधै नगर्दा पनि टेलिभिजनमा पुर्ण छुट छ । बिगतको व्यवस्थापनमा भन्दा अहिलेको व्यवस्थापनमा  झन दण्डहीनता बढेर  गएको छ । कम्युनिष्टहरु कडा हुन्छन् भनेको त बिष्ट र रोका भएपछि  त ठग्नलाई थप सजिलो भएको कुरा क्याण्टिनमा खुलेआम सधै सुन्न पाइने गरेको छ । हरेक बिषयमा एचडी भनेको छ हिडेको छ , काम गर्नुपर्देन , कन्टेनमा सुधार गर्नेतिर कुनै योजना छैन , भएको जनशक्तिको उपयोग गर्ने कुनै योजना छैन खाली एचडी जाने भनेको छ  बैठक गरेको छ , दिनहुँ भोजभतेर लगाएको छ  समय त्यसरी नै बिताइएको छ । हुँदा  हुँदा मन्त्री गोकुल बास्कोटालाई पुरै अन्यौलमा  पार्ने काम भएको छ । सोमबारे बैठक भन्दै  गफ गरेर दिन नै बिताउने र खाजा खाएर घरतिर लाग्ने सम्मको काम हुने गरेको छ ।
यता , बिना टेण्डर करोडौ नोक्सान पारेर पुन उहि ०१२ मा गरेको सक्झौतालाई टेकेर  स्याटेलाइटमा जाने काम भएमा राम्रो हुँदैन भनेर संसदको बिकास समितिका सांसदहरुले  खबरदारी गरिसकेको भए पनि   टेलिभिजनको ब्यबस्थापन जबर्जस्ती थाइकममा जाने योजनाका साथ लागेको छ ।  थाइकमबिरुद्ध बोल्ने कर्मचारीहरुलाई हप्काउने दप्काउने सम्मको काम गर्न थालेको छ । बिना टेण्डर थाइकमकै स्याटेलाईटमा गएमा बार्षिक चार करोड नोक्सान हुने छ । स्याटेलाईटको हालको बजार रेट पर मेघाहर्ज १८ सय डलर मासिक  भएपनि टेलिभिजनको बर्तमान नेतृत्व बिगत १० बर्ष अगाडिकै दररेट परमेघाहर्ज ३४ सय ९०डलर  तिर्ने गरी बिना टेण्डर सम्झौता गर्न खोजेको थाहा भएको छ । टेलिभिजनको बार्षिकोत्सब माघ १७ मै एचडीमा जानुपर्छ भनेर राज्यको ढिकुटी सिध्याउने गरी वर्तमान ब्यबस्थापन लागेको थाहा भएको छ ।
स्याटेलाईटको टुंगो नलगाउदै  एचडीका नाममा झण्डै ४० करोडको समान खरीद गरिसकिएको छ र सोही समान खरीद गर्ने सन्दर्भमा अध्यक्ष बिष्ट , महाप्रवन्धक रोका सहित टेलिभिजनका ४५ भन्दा बढी कर्मचारीले बिगत डेढ महिना भित्र विदेश सयर समेत गरिसकेका छन । स्मरणिय छ स्याटेलाईट थप गर्नका लागि महाप्रवन्धक रोकाको सयोजकत्वमा गठित उपसमितिले पहिलेकै दररेटमा सम्झौता गर्न नमिल्ने राय सिफारिश संचालक समिति समक्ष पेश गरेको छ ।  तर, टेलिभिजनको उच्च व्यवस्थापन सो प्रतिवेदनलाई पनि धोती लगाउने तयारीका साथ बिभिन्न महाशाखाहरुलाई पत्र लेखि  जसरी पनि एचडी मा जाने अन्तिम तयारी गर्न निर्देशन दिएको छ । अन्य समयमा महाप्रवन्धकलाई पत्र काटन लगाउने गरेका बिष्टले यसपटक  आफै पत्र काट्ने ,  मोखिक भेटेर धम्क्याउने समेत गर्ने गरेको कर्मचारीहरुले बताउने गरेका छन । बिगतमा स्वंय मन्त्री बास्कोटाले पनि पटक सार्बजनिक रुपमा थाइकमसँग ०२२ सम्म भएको सम्झौताले टेलिभिजनलाई करौडौं घाटा लागेकोले तत्काल सम्झौता रद्ध गर्ने प्रक्रियामा जान आग्रह गरेको कुरा नेपाल टेलिभिजनको समाचारमा समेत प्रसारण भएको थियो  । तर, जब कार्यकारी बिष्ट पदमा आएपछि   थाइकमका  समर्थक नायब महाप्रबन्धक दीपकमणि धिताल समेतको  सहभागितामा मन्त्रीसँग कुरा गरेपछि उनी पनि यतिखेर थाइकमकै पक्षमा उभिनुलाई रहस्यमय मानिएको छ ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ११ : २८ बजे