मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीलाई कुट्दैमा संघीयता सफल हुँदैन : कांग्रेस नेता नविन्द्रराज जोशी



धनुषा माघ, २–
नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले मन्त्रीद्वारा सचिव कुटिनु आपत्तिजनक भएको बताएका छन् । उनले प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरिएको घटनालाई अपराध भएको बताएका छन् ।

बुधबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका जोशीले कर्मचारीलाई कुट्दैमा संघीयता सफल नहुने प्रष्ट पारे । उनले संघीयतालाई धरापमा पार्न प्रदेश र संघीय सरकार लागिपरेको आरोप समेत लगाए ।

नेता जोशीले भने, ‘प्रदेश सरकार दमनकारी मानसिकताबाट प्रताडित भएको छ । सचिव झालाई कुट्नु अपराध हो । उनले जे जस्ता कुरा गरेपनि कुट्नु त अपराध नै हो ।’
उनले संविधानले आम नागरिकको स्वाभिमान, व्यक्तिगत भावनाको कदर र व्यक्तिको सुरक्षा गर्नुपर्नेमा सचिव जस्ता कर्मचारीलाई मन्त्रीले कुटेर दमन, अपहेलना, अपमान र संविधानको मर्म विपरित भएको दावी गरे ।

उनले संघदेखि प्रदेश सरकार समेत मनोमानी ढङ्गले मिडियालाई आफ्नो नियन्त्रणमा लिन विभिन्न हत्कण्डा अपनाउन लागि परेको आरोप समेत लगाए । नेता जोशीले काँग्रेस नेताका नाममा रहेका अस्पतालको नाम परिवर्तन गरिए सरकारविरुद्ध कडा प्रतिवाद गर्ने जनाए ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  ६ : ५९ बजे