मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वप्रधानमन्त्रीद्वयको नामबाट खुलेका अस्पताल विघटन गर्न लागेकोमा जिपी कोइराला फाउण्डेशनको गम्भीर ध्यानाकर्षण



काठमाडौं माघ, ३–
जिपी कोइराला फाउण्डेशनले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले विघटनको तयारी गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली गिरिजाप्रसाद कोइरालाको नामबाट तनहुँमा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला क्यान्सर अस्पताललाई केन्द्रीय सरकारमार्फत नराखेर विघटन गर्ने तयारी गरेको भन्दै उक्त फाउण्डेशनले निर्णय सच्याउन माग गरेको हो ।

फाउण्डेशनको सातै प्रदेशका संयोजकहरु क्रमशः इन्दिरा थापा, डा. शुभाषचन्द्र यादव, रीता खनाल, शारदा पौडेल, डा. गोविन्द पोखरेल, रीता शाही र चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा बन्दै गरेका दुईवटै अस्पताललाई विघटन गर्ने निर्णय राजनीतिक संस्कारको न्यूनतम मूल्य तथा मान्यताविपरीत भएकाले सच्याउन भनिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ६ : २४ बजे