मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्की, ढुंगाना र माथेमा डा.केसीलाई भेट्न इलाम जाँदै, अनसनमा ऐक्यवद्धता जनाउने तयारी



काठमाडौं माघ, ३–
१६ औं पटक अनसनमा बसेका डा. गोविन्द केसीलाई भेट्न नागरिक अगुवाहरू इलाम जाने भएका छन्। आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका माग राखेर गत पुस २५ देखि डा. केसी इलाममा अनसन बसेका छन् ।
डा.केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा इलाम जान लागेका हुन्। उनीहरु बिहीबार केसीको अनसनमा ऐक्यवद्धता जनाउन इलाम जान लागेको बताईएको छ ।
प्राध्यापक माथेमाले डाक्टर केसीको स्वास्थ्य अवस्था कस्तो छ, उपचार गर्न लैजानुपर्छ हो कि भनेर जान लागेको बताए ।
सरकारसँग भएको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डाक्टर केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा अनसन बसेका हुन् । यतिबेला भने स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल इलाममा राखिएको छ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ७ : ०४ बजे