मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुईतिहाईको सरकारलाई बुटवलबाट कांग्रेसको खबरदारी, जुलुसको सहभागीताले स्थानिय नेतृत्व उत्साही



बुटवल माघ, ३–
नेपाली कांग्रेस रुपन्देहीले आज बुटवलमा शक्ति प्रदर्शन गरेको छ । बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको कांग्रेसले जनाएको छ ।
मध्यान्ह राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ ।

कांग्रेसका स्थानीय नेताहरु जुलुस र सभामा भएको सहभागिता देखेर उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभापति रज्जाकले दुईतिहाइ बहुमतको सरकार भएर पनि १ वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नभएको भन्दै जनस्तरबाट दबाब सिर्जना गर्न लागिएको बताए ।

प्रकाशित मिति : ३ माघ २०७५, बिहिबार  ७ : ५५ बजे