मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाको नाइटभिजन हेलिकोप्टरबाट डा. केसीलाई काठमाडौं ल्याइयो



काठमाडौं माघ, ४–
चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै गत पुस २५ गतेदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई बिहिबार राति काठमाडौं ल्याइएको छ ।   डा. केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि उनलाई काठमाडौं ल्याईएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको उनका सहयोगीले बताएका छन् ।

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।  उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।

उनका सहयोगी प्रितम सुवेदीका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम  गएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं आउन राजी भएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  २ : ०२ बजे