गगनले सोधेको प्रश्नमा प्रधानमन्त्रीको उत्तरः‘चिकित्सा शिक्षा विधेयकविरुद्ध अनशन बसेका गोविन्द केसी सर्वेसर्वा होईनन्’



काठमाडौं माघ, ४–
शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको उत्तर दिएका छन् । आजको बैठकमा अन्य सांसदको तुलनामा सांसद गगन थापाको प्रश्नको उत्तर दिन प्रधानमन्त्री ओलीले अलि बढी समय दिनु परेको थियो । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले डा. गोविन्द केसीसँग गरेको विगतको सहमतिबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सकारकासँग भएको सम्झौताविपतिर संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकविरुद्ध अनशन बसेका डा. गोविन्द केसी सर्वेसर्वा नभएको बताए ।

उनले कानुन, विधि र प्रक्रिया वरिपरि घुम्नुपर्ने भएकाले १५ औं अनशनका क्रममा सरकारले गरेका सहमति कार्यान्वयनका लागि संसदलाई आग्रह गर्ने बताए पनि आदेश दिन नसक्ने बताए ।

ओलीले भने, ‘म आग्रह गर्छु सरकारले गरेका सम्झौतामा संसदले ध्यान दियोस्’, तर संसदको गरिमा आफ्नै भएका कारणले म आदेश दिन सक्तिन ।’

प्रकाशित मिति : माघ ४, २०७५ शुक्रबार  ८ : ०४ बजे