डा. केसीलाई आईसीयूबाट जनरल वार्डमा सारियो



काठमाडौं माघ, ६–
अनसनरत प्रा.डा. गोविन्द केसीलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ। गत पुस २५ गतेदेखि इलाममा अनसन बसेका डा. केसीलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा राखिएको थियो । उनलाई आइतबार जनरल वार्डमा सारिएको हो।
अनसनरत डा. केसीले आफ्ना कारण सर्वसाधारणलाई आईसीयू बेड अभाव नहोस् भनेर जनरल वार्डमा सार्न आग्रह गरेका थिए। डा. केसीकै आग्रहमा उनलाई आईसीयूबाट जनरल वार्डमा दिउँसो तीन बजे सारिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

डा. केसी आफूसँग गरिएका सहमति विपरित प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा चिकित्सा शिक्षा विधेयकमा पेश गरेको भन्दै पुस २५ गतेदेखि अनसनमा बसेका छन्।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  १० : १५ बजे