ढकालले पाए ग्लोबल आइएमई बैंकको कामु सिइओमा नियुक्ती



काठ्माण्डौ-

नेपालको बैङ्किङ क्षेत्रमा द्रुत गतिमा अघाडी बढीरहेको ग्लोबल आइएमई बैंकले कायम मुकायम  सिइओ (प्रमुख कार्यकारी अधिकृत) मा महेशप्रसाद ढकाल नियुक्त गरेको छ।

बैंकका सिइओ जनक शर्मा पौड्यालले राजीनामा दिएपछि ढकाल नियुक्त भएका हुन्।

मेगा बैंकबाट तीन महिनाअगाडि मात्रै ग्लोबल आइएमई बैंकमा डेपुटी सिइओका रुपमा भित्रिएका ढकाललाई बैंक सञ्चालक समितिले कामु सिइओमा बढुवा गरेको हो।

ढकालको बैंकिङ करिअर नेपाल बैंकबाट सुरु भएको थियो। बैंकले ढकाललाई तत्काल कामु सिइओको जिम्मेवारी दिए पनि केही समयपछि सिइओ नै बनाउन लागेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : माघ ९, २०७५ बुधबार  १ : २६ बजे