मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  ‘असफल नेतृत्व चाहिँदैन’ भन्दै नेविसंघद्वारा पार्टी कार्यालयमा नाराबाजी, सभापति देउवा विद्यार्थीको घेराउमा



काठमाडौं माघ, १०–
नेपाल विद्यार्थी संघका कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिए पनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । नैनसिंह महर नेतृत्वको नेविसंघले आफ्नो कार्यकाल सकिँदा पनि महाधिवेशन गर्न नसकेको भन्दै असन्तुष्ट नेविसंघले महाधिवेशन गराउन तदर्थ समिति गठन गर्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई कांग्रेस केन्द्रीय कार्यालयमा घेराउ गरेका छन्।

नेविसंघ नेता दीपक भट्टराईले महर नेतृत्वको कार्यसमितिबाट महाधिवेशन सम्भव नहुने भएकोले तदर्थ समिति गठन गर्न माग गर्दै बिहिबार पार्टी कार्यालयमा धर्ना दिएको बताए।
विद्यार्थीहरुले केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै नाराबाजी सुरु गरेका थिए । कांग्रेसले ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएपनि पौने १ बजेसम्म बैठक सुरु हुननसकेको हो । सभापति शेरबहादुर देउवा विद्यार्थीको घेराउमा परेपछि बैठक सुरु हुन नसेको हो ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ७ : ५७ बजे