मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको निर्णयले ट्याक्सिमा सिन्डिकेट कायमै



काठ्मान्डौ-

  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता दिने निर्णय  गर्दै ट्याक्सी सञ्चालनमा रहेको सिन्डिकेटलाई निरन्तरता दिएको छ। यस निर्णय सगै दर्ता-सञ्चालनमा रहेको सिन्डिकेटले निरन्तरता पाएको हो।

 गत कात्तिक १६ गतेदेखि बन्द रहेको पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी नम्बरप्लेट दर्ता दिने निर्णय उल्ट्याएसँगै  सिडिन्केटले निरन्तरता पाएको हो।

यातायात व्यवस्था विभागले ट्याक्सी सञ्चालन तथा दर्ता मापदण्ड बनाउँदै गरेको भनेर मन्त्रालयले पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सी दर्ता गराउने काम बन्द गरेको थियो।

विभागका प्राविधिक तथा उपमहानिर्देशक प्रेमकुमार राईको कमिटीले मापदण्ड तय गरेर पेस गरिसकेको अवस्थामा फेरि मन्त्रालयले पुस १९ गतेदेखि पुराना ट्याक्सीको सट्टा नयाँ ट्याक्सीलाई दर्ता दिँदै सिन्डिकेटको बचाउ गरेको छ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  ११ : ४० बजे