मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सरकार जनताप्रति उत्तरदायी नभए आन्दोलनबाटै ठेगान लगाईन्छ’: तरुणदल अध्यक्ष बस्नेत



काठमाडौं माघ, ११–
गएको माघ ८ गतेदेखि नेपाल तरुण दलले सरकारविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको छ । तरुण दलले केन्द्रीय स्तरबाटै महँगीका साथै नीतिगत भ्रष्टाचार र कर आतङ्क बढिरहेको भन्दै देशका सातै प्रदेशमा सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अन्तरगत शुक्रबार प्रदेश नम्बर ४ अन्तरगत कास्कीको पोखरामा भव्य प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, महासचिब भूपेन्दजंग शाही, उपाध्य उत्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुङलगायत दलका केन्द्रीय नेताहरुसहभागी थिए । पोखराको आजको कार्यक्रम सकिए लगत्तै नेताहरु ५ को कार्यक्रमको लागि आजै त्यतातिर लाग्ने तरुण दलले जनाएको छ । सरकारले निर्मला पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन नसकेको जनाउँदै दोषीलाई कारवाही र मानवाधिकार तथा प्रेस स्वतन्त्रता आदिको रक्षाका लागि दशौँ हजार कार्यकर्ताका साथमा आन्दोलनमा सहभागी भएको तरुण दलले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले हत्या, आतंक, बलात्कार र भ्रष्टचारलाई संरक्षण गर्ने वर्तमान सरकारलाई कुर्षीमा एक मिनेट पनि बस्ने नैतिक्त नभएको बताए । उनले वर्तमान सरकारलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दै नबनने हो भन्ने तरुण दलले आन्दोलनकै बलमा सरकारलाई ठेगान लगाउन पछि नपर्ने चेतावनी दिए । नेताहरुले सरकारले काम गरोस् भन्ने उद्देश्यका साथ प्रतिपक्ष अहिलेसम्म चुप लागेर बसेको बताउँदै लोकतन्त्रको रक्षा र कानूनी राज्यको स्थापनाका पक्षमा तथा महँगी र भ्रष्टाचारविरुद्ध चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

यसअघि प्रदेश नम्बर १ को विराटनर, २ को जनकपुर र ३ को हेटौंडामा तरुणदलले भव्य प्रदर्शन गरिसकेको छ ।

 

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ७ : ४६ बजे