कांग्रेस सभापति देउवाको उद्घोष्ः ‘सरकार अधिनायकवादी भयो, अब सदन र सडकमा संघर्ष चर्किन्छ’



काठमाडौं माघ, ११–

प्रमुख विपक्षी दल नेपाली कांग्रेस सरकार र सभामुखप्रति थप आक्रोशित बनेको छ । शुक्रबार संसदमा आफूहरुको नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारको अधिनायकवादी चरित्र थप उदांगो भएको बताए । उनले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आरोप समेत लगाए । सभापति देउवाले भने, अब कांग्रेसको विकल्प सदन र सडकमा संघर्ष गर्ने हो ।’

 

प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार  ९ : २५ बजे