काठ्माण्डौ-
भारत तथा तेश्रो मुलुकबाट आयात गरिएका उपभोग्य वस्तु तथा सामग्रीलाई स्वदेश ल्याउन अब महिनौ सम्म कुर्न नपर्ने भएको छ ।
नेपाली ब्यबसायिहरुले लामो समयदेखी माग गर्दै आएको अनलाइन क्लियरिङ सिस्टम (इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ) लागु गर्न नेपाल र भारत सरकार सहमत भयपछी अब उपभोग्य वस्तु तथा सामग्री सहज ढङ्गले स्वदेश ल्याउन सकिने भएको हो ।
आगामी केहि दिनमै समझदारीमा हस्ताक्षर गर्ने तयारी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य एबम नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले काठ्माण्डौमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।
भारतको कोलकात्ताबाट वीरगञ्जसम्मको ढुवानी करीब एक महीना लाग्ने गरेकामा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस) लागू भएपछी चार-पाँच दिनभित्र ढुवानी गर्न सकिने जसले गर्दा ढुवानी लागत घट्ने हुँदा आयातित सामान र बस्तुको मुल्यामा आउने कमिले उपभोक्ताहरु लाभान्भित हुने तथा देशको बार्षिक अरबौ रकम देश बाहिर जानबाट रोकिने समेत अध्यक्ष कार्कीले बताए ।
विगतमा सामग्री ढुवानी गर्दाको झन्झटिलो प्रकृयाको अन्त्य हुने र प्रत्येक कन्टेनरमा करीब रु ४० हजारको दरले लागत घट्ने सङ्घका कोषाध्यक्ष नरेशकुमार अग्रवालले बताए ।
इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (इसिटिएस)लागू गराउन नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनले बिगत लामो समय देखी सरकार लाई आग्रह गर्दै आएको र अब यसको कार्यन्वनले नेपालको उधोग ब्यबसाय र ब्यापार क्षेत्रमा सकारात्मक परिवर्तन आउने बिश्वाश ब्यक्त गर्दै पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष कार्किले नेपाल र भारत सरकारका बिचमा समझादारिका लागी सकारात्मक प्रायत्न गरेकोमा नेपाल सरकार बाणिज्य मन्त्रालयका सहसचिब रबिशङ्कर सैजु र कलकत्ता स्थित नेपाली महाबाणिज्यदुत एक नारायण अर्याल लाई बिशेष धन्यबाद समेत ब्यक्त गरे ।