काठमाडौं माघ, १३–
प्रधानमन्त्री केपी ओली विदेश रहेका बेला नेकपाका शीर्ष नेताहरूको ललितपुर झम्सिखेलमा ‘गोप्य बैठक’ बस्यो ।
बिहीबार साँझ अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताको बैठक बस्यो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट वहुमतले पारित गर्नु अघिल्लो साँझ बसेको शीर्ष नेताहरूको उक्त बैठक विधेयक पारित गर्ने विषयदेखि पार्टीको अड्किएको एकता प्रक्रिया, सरकारका नियुक्तिलगायत विषयमा केन्द्रित थियो ।
सरकारले नियुक्तिलागयत विषयमा छलफलपछि निर्णय गर्ने स्थायी समिति बैठकको सारलाई पछिल्लो नियुक्तिमा प्रधानमन्त्रीले वेवास्था गरी अघि बढेको आवाज पनि उठेको स्रोतले बतायो ।
संवैधानिक परिषद्ले गत ६ माघमा ५ वटा आयोगका अध्यक्षको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । झम्सिखेल बैठकमा सचिवालय तथा सरकारमा रहेका नेताहरू ईश्वर पोखरेल र रामबहादुर थापा भने सहभागी थिएनन् ।