काठमाडौं माघ, १३–
नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल महिला संघले काठमाडौमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको जुलुस वानेश्वरतफृ अघि बढिरहेको छ ।
उनीहरुले चिकित्सा शिक्षा विधेयकको विरोध र निर्मला पन्तलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा भेला भएका महिला संघका कार्यकर्ताहरु सरकारविरोधी नारा लगाउँदै बानेश्वरतर्फ अघि बढेका हुन् ।
उनीहरु सरकारविरोधी नारा लगाउदै वानेश्वर तर्फ लागेका हुन् । नेविसंघका एक नेताले जनाए अनुसार उनीहरुले वानेश्वरको निषेधित क्षेत्र तोड्ने तयारी गरेका छन् । निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ केन्द्रीय सदस्य कल्पना खड्का घाइते भएकी छिन् ।