मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी माघ २१ गते कम्युनिष्ट अधिनायकबादविरुद्ध देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय



माघ्,१३ काठ्माण्डौ-

नेपाली कांग्रेसले आगामी माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै अनसनरत डा. गोविन्द  केसीलाई दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको निष्कर्ष निकालेको कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले  बैठका पछी पत्रकारहरुलाई  बताए ।

चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्ने सरकारको निर्णय सच्याउन आग्रह गरिरहेको कांग्रेसले सरकार्ले पेलेरै जाने बाटो तय गरेपछी आन्दोलन घोषणा गरेको हो ।

आजको बैठकमा कांग्रेस भातृ सँगठन नेबिसंघ को बारेमा छलफल र निर्णय गर्ने भनिय पनि नेबिसंघ को बारेमा धेरै छलफल नभएको र भोली बस्ने बैठकमा नेबिसंघ को बारेमा निर्णय हुने सम्भाबना रहेको कांग्रेस का एक केन्द्रिय सदस्यले न्यू सञ्चारलाई बताए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  २ : १२ बजे