मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव तस्करीको कारबाहीबाट जोगिन अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको यस्तो धन्दा



काठमाडौं माघ, १६–
मानव तस्करीको आरोपमा छानविनमा परेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको फेरि अर्को काण्ड सार्वजनिक भएको छ । आफ्ना पति र चालकसँग मिलेर मानव तस्करी गरेको आरोप खेपेकी शेर्पाले कारबाहीबाट जोगिन फेरि विभिन्न हत्कण्डा अपनाउन थालेको रहस्य सार्वजनिक हुन थालेका हुन् ।
शेर्पाले फुत्किने अवस्थामा पुगेको राजदूत पद जोगाउन उच्च राजनीतिक नेतृत्वदेखि सबै निकायमा धाउने गरेका बिभिन्न चलखेलका रहस्य खुलेका हुन् । यतिवेला छानविनमा परेकी राजदूत शेर्पालाई अष्ट्रेलियाको क्यानबारास्थित दूतावासबाट काम गर्न दिइएको छैन ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल सरकारले छानविनको प्रतिवेदन सार्वजनिक नगरे पनि उनलाई राजीनामा दिन सुझाव दिइएको केही दिन अगाडि बताएका थिए । यद्यपि, अहिलेसम्म राजदूत शेर्पाले राजीनामा दिएकी छैनन् ।
राजदूत शेर्पाले शेर्पा समुदायका नाममा खोलिएका जातीय संस्थाहरूलाई प्रयोग गरेर नेपाल सरकारलाई दवाव सिर्जना गर्न खोजेजेको रहस्य सार्वजनिक भएका छन् ।

उनले शेर्पा समुदायको नाममा खोलिएका ती जातीय संस्थालाई विज्ञप्ति जारी गर्न लगाएर कारबाही नगर्न दवाव दिएको रहस्य बाहिरिएको छ । मानव तस्करीको अभियोग लागेपछि राजदूत शेर्पालाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालले राजीनामाका लागि दवाव दिइसकेका छन् । शेर्पा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राजदूत बनेकी थिइन् ।

तर, सुटुक्क अष्ट्रेलिया पुगेकी लक्की शेर्पाले जातीय संस्थाहरूलाई प्रयोग गरी नेपाल सरकारको अपमान हुने गरेर विज्ञप्ति जारी गर्न लगाएको रहस्य खुलेपछि उनको चरित्रमाथि फेरि प्रश्न उब्जिएको छ ।

त्यति मात्रै होइन राजदूत शेर्पाले नेपाल शेर्पा संघले जारी गरेको प्रेस विज्ञप्तिलाई फेसबुकमा ‘बुस्ट’ गरेकी छिन् । राजदूत शेर्पाले निकाल्न लगाएको विज्ञप्ति फेसबुकमा छ्यापछ्याप्ती देखिन थालेको छ ।

नेपाल शेर्पा संघले जारी गरेको विज्ञप्तिमा अस्ट्रेलियाका लागि नेपालकी राजदूत लक्की शेर्पामाथि लागेको आरोपप्रति भ्रमपूर्ण समाचारहरू सम्प्रेषण नगर्न चेतावनी दिइएको छ ।

‘लक्की शेर्पामाथि अनुसन्धान भैरहेको र कुनै आधिकारिक निर्णय सार्वजनिक नभएको बताई रहँदा सञ्चार माध्यमहरूले बर्खास्त भएको, राजीनामा दिएको जस्ता भ्रमपूर्ण समाचारहरू प्रकाशन, प्रशारण गर्नाले समग्र शेर्पा संघ, संस्था, आदिवासी लगायत समग्र मुलुकलाई आँच आएको छ’, नेपाल शेर्पा संघको विज्ञप्तिमा भनिएको छ ।

लक्की शेर्पाको बचाउमा जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा संचार समूह नेपाल, नेपाल शेर्पा युवा संघले पनि साथ दिएका छन् ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ७ : २३ बजे